२ सय जना पक्राउ

0
293

विराटनगर, ८ चैत । होली पर्वमा अवान्छित गतिविधि गर्ने झण्डै २ सय जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरू र ट्राफिक समेतको चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी सवारी चलाउने व्यक्ति, झैझगडा गर्ने व्यक्ति १ सय ९६ पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको छ । उहाँले ४ सय ९३ सवारी साधनपनि नियन्त्रणमा लिएको बताउनुभयो । नियन्त्रणमा लिईएका सवारी साधन तथा व्यक्तिहरू उपर आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here