Tune to BFM 91.2|Biratnagar

२ सय ७५ परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २६ वैशाख । इस्लाम धर्मावलम्बीहरुको जारी रमजान पर्वलाई लक्षित गर्दै इस्लामिक संघ नेपालले मोरङका २ सय ७५ परिवारलाई अफ्तारका लागि आवश्यक पर्ने खाद्यान्न वितरण शुरु गरेको छ ।

विराटनगर–१५ हडताली हाट क्षेत्रका १ सय मुस्लिम परिवारलाई खाद्यान्न वितरण गर्दै संघले कार्यक्रम सुरु गरेको हो । स्थानीय मस्जिदमा आज आयोजित कार्यक्रमकाबीच इस्लामिक संघ नेपालका निर्वतमान अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जार र सचिव अब्दुल हय लगायतले रमजान मनाउँदै गरेका त्यस क्षेत्रका रोजेदारहरुलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

संघले प्रतिपरिवार १० किलो चामल, ५ किलो पिठो, ५ किलो चिनी, ५ लिटर तेल, ३ किलो दाल, २ किलो पास्ता र १ किलो सेवई वितरण गरेको छ । डेढ महिनायताको लकडाउनका कारण इस्लाम धर्मावलम्बीहरुको रमजानसमेत प्रभावित भएको अवस्थामा पर्व मनाउन सहज होस भन्ने उद्देश्यसहित खाद्यान्न उपलब्ध गराइएको संघका निर्वतमान अध्यक्ष गुल्जारले बताउनुभयो ।

कार्यक्रमअन्र्तगत नगरक्षेत्रका अन्य वडा र जहदा गाउँपालिकासहित अन्य गाँउपालिकाका बासिन्दालाई समेत गरेर २ सय ७५ ब्रतालु परिवारलाई खाद्यान्न उपलब्ध गराइने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button