Tune to BFM 91.2|Biratnagar

२ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप

पथरी शनिश्चरे, १२ फागुन । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ५ दिनको अवधिमा २ हजार ५ सय बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप र २ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि खुवाइएको छ ।

गत फागुन ७ गतेबाट वडा वडामा सुरु गरिएको कार्यक्रम अन्तर्गत हिजोसम्ममा ९ महिनादेखि ५ वर्षसम्मका २ हजार ५ सय २३ जनालाई दादुरा रुबेलाको खोप दिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

दादुरा रुबेलासँगै पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रममा सो अवधिमा जन्मेदेखि ५ वर्षसम्मका २ हजार ८ सय ५६ बालबालिकालाई पोलियो थोपा खुवाइएको उहाँले उल्लेख गर्नुभयो । नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाएको छ ।

खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button