Tune to BFM 91.2|Biratnagar

३ मिनेटमै प्रदेश १ संसद बैठक स्थगित

विराटनगर, ७ माघ । प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार देखि शुरु भएको छ । बुधबारको बैठक करिव ३ मिनेट बसेर स्थगित गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संसद अधिवेशन आह्वानका लागि पठाएको पत्र वाचन गरि सभामुख प्रदिपकुमार भण्डारीले अधिवेशन स्थगित गर्नुभयोे ।

नेकपाका दुवै समूहले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने सहमति सहितको निर्णय गरेको थियो । त्यहि निर्णयका आधारमा हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परालाई तोड्दै बैठक क्षणभरमै स्थगित गरिएको थियो ।

गत पुस १२ गते नेकपाको (दाहाल–नेपाल) समूहले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव पेशगरेपछिको नेकपाको दुई समूहको घटनाक्रमले संसद बैठक तनावपूर्ण हुने अड्कल गरिएको थियो । संसद बैठक बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि त्यही संकेत गरेको थियो । तर, कार्यव्यवस्था परापर्श समितिको निर्णयपछि अवस्था सामान्यतर्फ उन्मुख बनेको थियो । ६ महिना भित्र संसद चलाउनु पर्ने बाध्यता र प्रदेशसभा सदस्यहरुलाई गरिएको कारवाहीलाई राजनीतिक रुपमा लिन सभामुखले आग्रह गरेपछि संसद बैठक शुरु गरिएको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । उहाँले अविश्वासको प्रस्ताव संसदमा टेवुल हुने र पूर्णरुपमा असफल हुने दावी गरे ।

संसदमा अविश्वासको प्रस्ताव टेवुल हुने र लोकतान्त्रिक विधिबाट प्रदेशसभाले गर्ने निर्णय मान्न तयार रहेको नेकपा दाहाल–नेपाल समूहले बताएको छ । अश्विासको प्रस्ताव दर्ता भएकाले विधि प्रकृया अनुसार अघि बढ्ने नेकपा दाहाल–नेपाल समूहका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button