Tune to BFM 91.2|Biratnagar

३ सय भन्दा वढि नगरवासिको उद्धार

बिराटनगर १४ वैशाख । मोरङको बेलबारी नगरपालिकाले काठमान्डौ जिल्लामा अलपत्र परेका तीन सय भन्दा वढि नागरीकालाई उद्धार गरेको छ । अस्थाई रुपमा काठमाडौमा वस्दै आएका ३ सय १५ जनालाई उद्धार गरी घरसम्म ल्याएको छ ।

काठमाण्डौको बिभिन्न स्थानबाट निशुल्क रुपमा ५ वटा गाडीमा उनिहरुलाई बेलबारी नगरपालिका ल्याइएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । बिद्यार्थी , मजदुर तथा विभिन्न कामले काठमान्डौमा रहेकाबेला लकडाउनका कारण समस्यामा परेका नगरवासिहरुको उद्धार गरीएको उहाले बताउनुभयो ।

बाहिरी जिल्लाबाट आएका नागरिकलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बस्न आग्रह गर्दै नगरपालिकाले उद्धार गरीएका यात्रुहरुको ज्वरो नापेर मात्रै घर सम्म पुर्याएको छ । यसैबिच बेलबारी नगरपालिकाले ९४ जनाको र्र्र्यापिड डाइग्नोष्टिक टेस्ट तथा १३ जनाको पिसिआरबाट परिक्षण गरीएको जनाएको छ ।

विभिन्न देशबाट आएकाहरुको परिक्षण गरीएको नगरपालिकाको कार्यालयले जनाएको छ । परिक्षण गरीएका सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button