Tune to BFM 91.2|Biratnagar

३ सय ५० जना नगरवासीको उद्धार

विराटनगर, १५ वैशाख । मोरङको बेलबारी नगरपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३ सय ५० जना नगरवासीलाई आज उद्धार गरेर बेलबारी ल्याइपुर्याएको छ ।

विभिन्न कामका सिलसिलामा काठमाडौं रहेका र लकडाउनका कारण घर फर्कन नपाई अलपत्र परेका नगरवासीले घर फर्कन चाहेको जानकारी दिएकाले नगरपालिकाले सवारी साधनको व्यवस्था गरी सुरक्षाकर्मीहरुको सहकार्यमा ३ सय ५० जनालाई बेलबारी ल्याइएको हो ।

बसमा ल्याइएका ३ सय ५० जनाकै आज बेलबारी नगरपालिका कार्यालय अगाडिको राजमार्गमा सुरक्षा निकायको निगरानीमा नगरपालिका स्वास्थ्यकर्मीहरुले पहिलो चरणको स्वास्थ्य जाँच गरेका छन् ।

सबै यात्रुहरुको थर्मल गनले ज्वरो नापिएको उपमेयर ढाकाकुमारी पराजुलीले बताउनुभयो । उपमेयर पराजुलीका अनुसार आज काठमाण्डौंबाट आएका ३ सय ५० जना नगरवासीहरुलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button