४ महिनामा विराटनगरको राजश्व ७ करोड

0
46

विराटनगर, २० मंसिर । विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०७५/०७६ को पहिलो चौमासिकमा झण्डै ८ करोड राजश्व संकलन गरेको छ । साउन देखि कात्तिक मसान्त सम्म ७ करोड ८९ लाख ९४ हजार राजस्व सङकलन गरेको हो । यो गत अब २०७४/७५ को सोही अबधिको तुलनामा दुई करोड ३१ लख ७४ हजार बढी हो । गत आबको चार महिनामा विराटनगर महानगर पालिकाले पाँच करोड ५८ लाख २० हजार सङ्कलन गरेको थियो । महानगरपालिकाले चालु आबमा व्यवसायिक क्षेत्र र घर बहालमा करको बृद्धि गर्नुका साथै करका दायराहरु प्नि केही बढाईएका कारण राजस्व सङ्कलनमा प्रगति भएको विराटनगर महानगरपालिका राजस्व महाशाखाका प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । यस बर्ष देखि राजस्व सङ्कलनको कार्य वाड स्तरबाटै सुरु गरिएकाले पनि राजस्व सङ्कलन बढेको प्रमुख प्रधानको दाबी छ । महानगरपालिकाले चालु आबको चार महिनामा सबै भन्दा बढी सवारी साधान करबाट राजस्व सङ्कलन गरेको छ । सो शिर्षकमा महानगरले यस अबधिमा दुई करोड, ६७ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । सवारी साधान कर पछि व्यवसाय कर मा ९२ लाख २० हजार, अन्य दस्तुरमा ७६ लाख २१ हजार, मालपोतमा रु ६३ लाख ४५ हजार, नक्सा पास दस्तुरमा रु ५७ लाख ३६ हजार, सिफारिस दस्तुरमा ५१ लख ७४ हजार राजस्व सङ्कलन गरेको छ । महानगरले अन्य कर, अन्य दस्तुर, घरवहाल कर, नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, व्यवसाय दर, सिफारिस दस्तुर,सरकारी सम्पति बहाल जस्ता विभिन्न शिर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here