विराटनगर, २४ साउन । मोरंगको धनपालथानमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ४ सय बढीको स्वास्थ्य परिक्षण गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पीटल बुढीगंगा र रोटरी क्लब अफ विराटनगर डाउन टाउन रोटरी आरोग्य मिसनसँगको सहकार्यमा धनपालथान ६ दादरवैरियामा गरिएको स्वास्थ्य शिविरमा ४ सय २ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी, फिजिसियन, हाडजोर्नी तथा नशा रोगको विरामीहरु आएका थिए । स्वास्थ्य शिविरमा आएका मध्ये ४५ जनाको युएसजी पनि गरिएको आयोजकले बताएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पीटल बुढीगंगा र रोटरी क्लब अफ विराटनगर डाउन टाउन रोटरी आरोग्य मिसनवीच हरेक महिना स्वासथ्य शिविर आयोजना गर्ने समझदारी पनि भएको छ ।
Must Read
औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना विजयी
विराटनगर ,२१ मंसिर । नेपाल औषधी व्यवसायी संघ मोरङको प्रथम जिल्ला अधिवेशनले लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । हिजो विराटनगर स्थित...