४ हजार परिवारलाई बेलबारीको राहत
विराटनगर, २७ चैत । मोरंगको बेलबारी नगरपालिकाले झन्डै ४ हजार लाई राहत वितरण गरेको छ ।
नगरपालिकाले ३ हजार ९ सय ४६ जना परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले गत आइतवार देखी राहत वितरण गर्न थालेको थियो । ११ वडा रहेको नगरपालिकाका सवै वडामा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई राहत वितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
नगरपालिकाले चार जनासम्मको परिवारलाई १५ किलो चामल, एक किलो दाहाल, एक किलो नुन र एउटा साबुन वितरण गरेको छ । त्यसैगरी पाँचजनाभन्दा बढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाल, एक किलो नुन र एउटा साबुन दिएको छ ।