Tune to BFM 91.2|Biratnagar

५० जना ज्येष्ठनागरिक सम्मानित

पथरीशनिश्चरे, २६ फागुन । मोरङको पथरीशनिश्चरे नगरका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिको आयोजनामा आज ८० वर्षमाथिका प्रत्येक वडाबाट ५,५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल, रुद्राक्षको माला, गम्छा र नगद सहितले सम्मानित गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, जेष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल, समाजसेवी वीरवहादुर वस्नेत सहितले जेष्ठहरुलाई सम्मानित गर्नुभयो ।

नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button