Tune to BFM 91.2|Biratnagar

५ विधेयक प्रमाणीकरण

विराटनगर, २५ साउन । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज ५ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

यस्तै प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. १ जनस्वास्थ्य सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी रीता खतिवडाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button