Tune to BFM 91.2|Biratnagar

६० मेघाहट बिद्युत उत्पादन गर्दै ६ पालिका

विराटनगर, २३ माघ । मोरङका केहि स्थानियतहरुले सोलार प्यानलवाट ६० मेगाहटको विजुलि उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेघाहट बिजुलि उत्पादन गर्ने गरी बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानिय तह साझा सरोकार मंच मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले बताउनुभयो । उक्त कम्पनिसँग स्पेनको लियोनमा वैठक पछि सम्झौता गरिएको मेयर सुवेदिले टेलिफोन सम्पर्क गरी जानकारी गराउनुभएको छ । चार नगरपालिका र दुइ गाँउपालिकाले उक्त बक्ति निकाल्न लागेका हुन् । बेलबारी, सुन्दरहरैचा, लेटाङ,पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सोलार प्यानलको प्रयोग वाट वत्ति निकाल्न लागेका हुन् । प्रत्येक स्थानिय तहले दश –दश मेगावाट उत्पादन गर्नेे सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button