६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न सकेन

0
79

विराटनगर, ५ कात्तिक । प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न नसकेको एक तथ्याङले देखाएको छ । पर्याप्त सिंचाई नपुग्दा उत्पादकत्वमा समेत कमी आएको छ । ३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर बिमलकुमार निर्मलले यस्तो जानकारी दिनुभएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे निर्मलले प्रदेश नम्बर १ ले आवद्यिक योजना बनाइसकेको जानकारी गराउदै सिंचाईको सुविधा बढाउन सके उत्पादकत्व बढेर जाने स्पष्ट पार्नुभयो । उहाँले प्रदेश नम्बर १ मा आगामी ५ बर्षभित्रमा मकै २ दशमलब ५ प्रतिशतबाट ४ दशमलब २५ मेट्रिक टन उत्पादकत्व बढाउने योजना रहेको बताउनुभयो । यस्तै धान ३ दशमलब ५ प्रतिशतबाट ५ मेट्रिक टन उत्पादकत्व बढाउने, माछा, ४ दशमलब ८ बाट ६ मेट्रिक टन उत्पादकत्व बढाउने लक्ष्य रहेको बताउनु भयो । यस्तै नेपाल संसारका ७८ राष्ट्रहरु मध्ये विश्वव्यापी भोकमारी सुचाङ्कमा ४९ औं स्थानमा रहेको उहाँले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here