६ लेनको सडक निर्माण कार्य सुस्त भयो : उद्योग संगठन मोरङ

0
221

विराटनगर, ३० पुस । विराटनगरमा निर्माण भईरहेको ६ लेनको सडक निर्माण कार्य सुस्त भएको भन्दै उद्योग संगठन मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । रानी–विराटनगर–ईटहरी–धरान योजना ६ लेन सडक अन्तर्गत विस्तार भईरहेको सडक खण्डको निमार्ण कार्य अत्यन्त सुस्त गतिमा भईरहेको प्रति उद्योग संगठनले गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो । मानिसको दैनिक जिवन सन्चालनका साथै आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको सडक निमार्ण कार्यको गति सुस्त ह“ुदा एकातर्फ उद्योग/व्यवसायको कच्चा पदार्थ आयात र उत्पादित वस्तु निर्यातमा कठिनाईको सामना गर्नुपरिरहेको संगठनका अध्यक्ष भीम घिमिरेद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । सडक विस्तारका लागि लामो समय देखि कार्य हुदै आएतापनि निर्माण कार्यमा देखिएको सुस्तताले वातावरण प्रदुषण भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परि विभिन्न रोग लाग्नाले उपचार खर्चमा भारि वृद्धि भएको छ भने सडकको निमार्ण कार्य र सडक निर्माण सामाग्रि जथाभावि राख्नाले जाम अनावश्यक जाम भई स्कूल, कलेज तथा कार्यालय जाने—आउने विद्यार्थी तथा कर्मचारीहरु समयमै कार्यालय पुग्नबाट वञ्चित हुदै आएको विज्ञप्तीमा जनाइएको छ । मानिसको स्वास्थ्यका साथै उद्योग÷व्यवसाय लगायत सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको सडक निमार्ण जस्तो कार्यमा भईरहेको सुस्तता अन्त्य गर्न माग गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here