६ सय ५० बिघा जमिन प्रदेश १ सरकारको स्वामित्वमा ल्याइदिन आग्रह

0
156

विराटनगर, २१ मंसिर । प्रदेश नम्बर १ को सरकारले सुनसरीको बर्जु गाउँपालिकामा पर्ने अमडुवामा साल्ट ट्रेडिङले भोग गर्दै आएको ६ सय ५० बिघा जमिन प्रदेश सरकारको स्वामित्वमा ल्याइदिन आग्रहका साथ संघिय सरकारलाई पत्राचार गरेको छ । प्रदेश सरकारले अमडुवामा रहेको ६ सय ५० बिघा जमिनमा औद्योगिक ग्राम बनाउन आफ्नो स्वामित्वमा हुनुपर्ने माग गर्दै पत्र लेखेको हो । प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले ६ सय ५० बिघा जमिनको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरणका लागि पत्र लेखेको पुष्टि गर्नुभयो । ‘आगामी वैशाखमा प्रदेश सरकारको आयोजनामा हुन लागेको लगानी सम्मेलनमा परेका २६ परियोजनामा अमडुवाको जमिनमा औद्योगिक ग्राम पनि एक हो’, प्रमुख सचिव अधिकारीले भन्नुभयोे, ‘सो जमिन प्रदेश सरकारले प्राप्त गरेपछि प्रदेशको सार्वजनिक निजी सहकारी साझेदारी ऐनअनुसार लगानीका लागि निजी क्षेत्रसित प्रस्ताव आह्वान गर्नेछ ।’ पहिले कुन प्रकारको औद्योगिक ग्राम बनाउने भनेर मोडलमा छलफल गरिने र मोडलको टुङ्गो भइसकेपछि प्रस्ताव आह्वान गरिने उहाँले जानकारी दिनुभयो । साल्ट ट्रेडिङले विगत ३ दशकदेखि अमडुवाको ६ सय ५० बिघा जमिन भोगचलन गर्दै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here