७ सय २४ चालकलाई कारवाही

0
183

विराटनगर, २ पुस । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले ७ सय बढी सवारी चालकलाई कारवाही गरेको छ । हिजो विहान ६ वजेदेखि आज विहान ६ वजे सम्ममा प्रदेश नं. १ का विभिन्न स्थानबाट ७ सय २४ सवारी चालकलाई कारवाही गरिएको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने २७ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १० जना, विना हेल्मेट मोटरसाईकल चलाउने ७ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८१ जना, सवारी चालक अनुमति पत्र नभएका ४६ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २७ जना, जथाभावी पार्किङ्ग गर्ने २६ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ४० जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको २४ जना कारवाहीमा परेका छन् । यस्तै सुरक्षा पेटी नबाधेको १४ जना, कागज पत्र साथमा नराखेको १ सय ८६ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३६ जना, हर्न निषेधमा हर्न बजाएको ६ जना, तिब्रगतिमा सवारी चाधन संचालन गरेको २ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २२ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको २५ जना, लापरवाही साथ सवारी साधन चलाएको १३१ जना र विना रुट परमिट सवारी साधन चलाएको ८ जना गरी जम्मा सात सय चौविस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here