८ वटा वस्तुमा मूल्य निर्धारण गर्ने सरकारको तयारी

0
121

बिराटनगर २१ जेठ । नेपाल सरकारले ८ वटा वस्तुमा मूल्य निर्धारण गर्ने तयारी गरेको छ । सरकारले यसअघि १२ वटा माल बस्तुमा मात्रै मूल्य निर्धारण (एमआरपी) तोकेको थियो । सरकारले जिरा, काजु टायर, किसमिस, बदाम, हेल्मेट, सनफ्लावर तेल, पंखा लगायतका माल बस्तुमा मुल्य निर्धारण तोक्ने तयारी गरेको हो । यसअघि टिभी, फ्रिज, वासिङमेसीन, एसी, सबारी साधन, इनर्जी ड्रिङक लगायतमा मूल्य निर्धारण गरिएको थियो । अधिकतम खुद्रामुल्य घोषणा गर्न छनोट गरीनुपर्ने आवश्यक थप माल बस्तुहरु के के हुन सक्छन भन्ने बिषयक विराटनगरमा आज आयोजित कार्यक्रममा भन्सार बिभाग मुल्याङ्गकन शाखाका केन्द्रिय निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाले कुनै पनि आयातकर्ताले बिदेशबाट सामान आयात गर्दा कति मुल्यमा खरिद गरेको हो भनेर प्रत्येक चार महिनामा राष्टिय पत्रिका मार्फत सुचना प्रकाशित गनुपर्ने नियम रहेको र प्रकाशित मुल्य भन्दा बढि मुल्य लिन नपाईने बताउनु भयो । भन्सार बिभागले हाल अनुगमन शुरु गरेको समेत उहाले जानकारी दिनुभयो । पछिल्लो समय गलत सुचना र अनाबश्यक बिज्ञापनको कारणले उपभोक्ता दिनदिनै ठगीरहेको उपभोक्ताहित संरक्षण मञ्च नेपालका केन्द्रिय उपमहासचिव बिष्णु तिम्सीनाले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेस पोखरेलले सम्बन्धित निकायले आबश्यक जनशक्ति परिचालन गरेर हरेक खाद्यान्नका सामान देखी लिएर बिदेशबाट आयात हुने बस्तुको अनुगमन गरेको अबस्थामा केही मात्रामा उपभोक्ता ठगिन बाट बच्ने बताउनुभयो । स्थानीय सरकारको लापरबाही र उपभोक्ता आफै सचेत नहुदा उपभोत्ताहरु दिनदिनै ठगिनुपर्ने बाध्यता रहेको कार्यक्रका सहभागीहरुले बताएका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here