८ सय १७ जना सवारी चालक कारवाहीमा

0
1129

बिराटनगर १६ माघ । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ८ सय १७ वटा सवारी चालक कारवाहीमा परेका छन ।हिजो विहान ६ बजे देखि आज विहान ६ बजे सम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ८१७ वटा सवारी नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन ।जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३१ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने २४ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १०२ जना, सवारी चालक अनुमति पत्र नभएका ३८ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २७ जना, जथाभावी पार्किङ्ग गर्ने ३३ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६३ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १० जना, सुरक्षा पेटी नबाधेको १४ जना, हेल्मेटको फित्ता नबाधेको १८ जना, कागज पत्र साथमा नराखेको १८५ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २६ जना, तिब्रगतिमा सवारी चलाएको २६ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २८ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ४० जना, लापरवाही साथ सवारी साधन चलाएको १२८ जना र विना रुट परमिट सवारी चलाएको ९ जना गरी जम्मा आठ सय सत्र जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here