Tune to BFM 91.2|Biratnagar

९८ जना महिला सहित ८ सय २१ प्रहरी दिक्षित

बिराटनगर, २२ असार । प्रहरी जवान १३७ औ समुह अन्र्तगतको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा एक कार्यक्रमका बिच प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा संयुक्त रुपमा दिक्षित गरीएको हो । गत साल श्रावण २० गते देखी संचालित प्रहरी जवान १३७ औ समुहको २ सय ३४ दिनको आधारभूत तालिम सम्पन्न भएको हो ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी ईश्वर बाबु कार्कीले सबैलाई दिक्षीत गर्नुभएको हो। दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफत ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै डि आइ जि कार्कीले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहित निर्देशन दिनु भयो ।

सोही कार्यक्रममा तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारीका– २०७७ को बिमोचन समेत गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button