कर्मचारी युनियन प्रदेश–१ को अधिवेशन विराटनगरमा सुरू
विराटनगर, १७ फागुन । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन प्रदेश–१ को अधिवेशन विराटनगरमा सुरू भएको छ । नेकपा निकटको कर्मचारी युनियनको ११ औं एकता अधिवेशन आज देखि विराटनगरमा सुरू भएको हो ।
अधिवेशनको उद्घाटन सत्रमा युनियनका कर्मचारीहरूले महँगी अनुसार तलव भत्ता बृद्धि गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपी आछामीले समयअनुकुल प्राधिकरणको सेवालाई डिजिडल प्रविधिमा रुपान्तर गर्दै जानुपर्ने बताउनुभयो ।
कर्मचारी युनियनका केन्द्रीय सह संयोजक खगेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रलाई प्रदेशकै नमूनाका रुपमा विकास गर्न लागिएको बताउनुभयो । उहाँले प्राधिकरणको सेवालाई डिजिटल प्राणालीमा रुपान्तर गर्ने कामको सुरूवात काठमाण्डौंबाट गरिएको जानकारी दिनुभयो ।
शाहीले प्राधिकरणले कर्मचारीलाई चम्चाले नभई वेल्चाले सेवा सुविधा बितरण गरिरहेको दाबी गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयउन गर्ने युनियनले जनाएको छ । अधिवेशनमा सहभागि कर्मचारीलाई विराट मेडिकल कलेज टिचिङ अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी उपचार सेवा उपलब्ध गराएको थियो ।
शिविरमा जेनेरल फिजिसियन, आँखा, सुगरलगायतका विरामीको निःशुल्क परिक्षण गरिएको थियो ।