आज देखि सार्वजनिक यातायात संचालनमा रोक
बिराटनगर १० चैत । सरकारले आज देखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाएको छ ।
गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाउने घोषणा गर्नु भएको थियो ।
आजदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्काे जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ ।केही दिनका लागि यो नियम लागू भएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाइएको हो ।
यातायात व्यवस्था विभागका अनुसार लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनहरु पर्छन ।