Tune to BFM 91.2|Biratnagar

विराटनगरमा रहेका मस्जिदहरुको निरीक्षण

विराटनगर, २५ वैशाख । मुस्लिम आयोग मोरङ जिल्ला अनुगमन तथा समन्वय समितिले विराटनगरमा रहेका मस्जिदहरुको निरीक्षण गरेको छ । आयोगका मोरङ संयोजक जुल्फीकार अली नेतृत्वको टोलीले नगरक्षेत्रका विभिन्न मस्जिदहरुको निरीक्षण गरेको हो ।

विराटनगर ९ मेनरोडमा रहेको अन्जुमन इस्लामिया जामा मस्जिद पुगेको टोलीले त्यहाँको अवस्थाका बिषयमा जानकारी लिएको छ । सरकारद्वारा घोषित लकडाउन पालना भए नभएको, सामाजिक दुरी पालना भए नभएको लगायतका बिषयमा समितिले जानकारी लिएको छ ।

अनुगमन निरीक्षणको क्रममा संयोजक अलीले सिंगो विश्व महामारीले आक्रांत रहेको अवस्थामा सरकारले घोषणा गरेको लकडाउन आफ्नै र समुदायकालागि समेत भएकाले त्यसको पुर्णरुपले पालना गर्नुपर्ने आग्रह गर्नुभयो । समितिको टोलीलाई जानकारी दिंदै अन्जुमन इस्लामिया जामा मस्जिदका सचिव तनवीर कुरैशीले अन्जुमन इस्लामियाले सरकारद्वारा घोषित निर्देशन र अनुरोधहरुलाई पुर्णरुपले पालना गरेको बताउनुभयो ।

उहाँले सो मस्जिदमा हाल इमाम र साहेब इमामगरि जम्मा २ जनामात्र दैनिकरुपमा बस्दै आएको तथा बढीमा ५ जनाले सामाजिक दुरी कायम गरेर नमाज पढ्ने गरेको जानकारी दिनुभयो । यसअघि मस्जिदमा आएर नमाज पढ्ने ब्यक्तीहरुलाई सुचना प्रकाशित गरेर घरमै नमाज पढ्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

समितिको टोलीले नगरक्षेत्रकै पोखरिया, भट्टाचोक, कञ्चनवारी, कारखाना टोल सहित कटहरीको जम्टोकीस्थित मस्जिदको समेत अनुगमन गरेको छ । मोरङमा ८९ वटा र विराटनगर महानगरपालिकामा २५ वटा मस्जिदहरु रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button