अध्ययनका लागि युवा विदेश पलायन हुने क्रम बढयो : राष्ट्रपति विद्यादेवी भण्डारी

0
241

विराटनगर, १८ पुस । नेपालमा गुणस्तरीय शैक्षिक वातावरणको अभावमा अध्ययनका लागि युवा विदेश पलायन हुने क्रम बढेको भन्दै त्यसलाई रोक्नु पर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोड दिनु भएको छ ।उहाँले नेपालमै गुणस्तरीय र प्रतिष्पर्धी हिसावको पठन पाठन हुँदा मात्रै अध्ययनका नाममा विदेश पलायन हुने क्रम रोकिने बताउनुभयो । उनले नेपालको शिक्षा क्षेत्रमा धेरै चुनौतीहरु रहेको पनि बतानुभयो ।त्यही चुनौतीका कारण मुलुकले अनेक अप्ठेराहरु बेहोर्नु परिरहेको उनको भनाइ छ । उनले आवश्यक शैक्षिक पूर्वाधारको कमी, साधन स्रोतको अभाव, समयानुकूल पठन पाठनमा समस्या र प्रतिष्पर्धापूर्ण शैक्षिक कार्यक्रम लागू गर्न नसक्दा अध्ययनका लागि विदेश पलायन हुनेको संख्या धेरै रहेको बताउनुभयो । भण्डारीले शैक्षिक केन्द्रहरुलाई साधान स्रोत र पूर्वाधार युक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।विराटनगरमा आज पूर्वाञ्चल विश्व विद्यालयको २५ औं वार्षिक उत्सव एवं रजत महोत्सवको उद्धघाटन गर्दै शिक्षा क्षेत्र गुणस्तरीय हुन नसकेकै कारण वैदेशिक रोजगारीका नाममा युवा विदेश पलायन हुनु परिरहेको बताउनुभयो । उहाँले वेरोजगारीका कारण उच्च शिक्षा हाँसिल गरेका लाखौं युवा रोजगारीका नाममा विदेश पलायन हुनु परिरहेको बताउनुभयो ।उपयुक्त शिक्षा नीति लागू गरेर उच्चतम प्रविधिका साथमा शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै विश्व विद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनु पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उत्पादकत्व कमजोर हुँदा मुलुकले व्यापार घाटा बेहोर्नु परेको उनले बताइन । आधुनिक शिक्षा पद्धतीलाई उत्पादकत्वसंग जोड्न सकियो भने मुलुकले व्यापार घाटा बेहोर्न नपर्ने उनको भनाइ छ । प्रकृतिले दिएका अमूल्य उपहारको सही सदुपयोग गरेर आम नागरिकको जीवनमा ठोस परिवर्तन गर्न आधुनिक शिक्षा प्रणालीको खाँचो रहेको भण्डारीको भनाइ छ । शिक्षा प्रणालीका चुनौती पन्छाउँदै दक्ष जनशक्ति उत्पादन गर्न सके युवालाई विदेश पलायन हुनबाट रोक्न सकिने उहाँको सुझाव छ ।समृद्ध नेपाल र सुखी नेपालीको नारासहितका अभियानलाई सफल बनाउन आधुनिक शिक्षा प्रणालीको खाँचो रहेको भन्दै राष्ट्रपति भण्डारीले यसका लागि विश्व विद्यालयहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा भएका जलसम्पदा, भूमि, वन, जडिबुटी र जनशक्तिको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने उहाँको भनाइ छ ।विश्व विद्यालयले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पनि गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनअपेक्षा पूरा गर्न समृद्धिलाई शिक्षासंग जोड्नु पर्ने बताउनुभयो । पूर्वाञ्चल विश्व विद्यालयका सहकुलपति समेत रहेका उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार रहेका कारण शिक्षाका माध्यमबाट आम नागरिकलाई शिक्षित गराएर राष्ट्र निर्माणमा लगाउने योजना सरकारले ल्याउने जानकारी दिए ।पोखरेलले पारदर्शीता, जवाफदेहिता, निष्पक्षता र जनसहभागितालाई ध्यान दिंदै कुसल नागरिक उत्पादन गर्न आधुनिक शिक्षा प्रणालीलाई सदुपयोग गरिने बताउनुभयो । पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसंग जोड्नुको विकल्प नभएको बताउनुभयो ।प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विश्व विद्यालय राम्रा अवसर, स्रोत र सम्भावनालाई सदुपयोग गर्दै उदेश्य प्राप्तीका लागि अघि बढ्नु पर्ने बताए । शैक्षिक विकासका लागि सानो मनस्थिती र सानो घेरामा नखुम्चिकन वलिया आधारका वृहद योजनाका साथमा विश्व विद्यालय प्रस्तुत हुनु पर्नेमा मुख्य मन्त्री राईको जोड छ ।विश्व विद्यालयले शिक्षा क्षेत्रमा विगतमा साथ दिने, समर्थ र सहयोग एवं योगदान गर्ने पाँच जनालाई सम्मान गरेको छ । पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगकका प्रथम अध्यक्ष प्रा। कृष्ण पोखरेल, द्धितिय उपकुलपति तोरणबहादुर कार्की, विराटनगरका पूर्व मेयर अशोक कोइराला र पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सम्मान गरिएको विश्व विद्यालयका उपकुलपति डा। घनश्यामलाल दासले जानकारी दिए । त्यस्तै प्रथम उपकुलपति ध्रुवनारायण लाललाई मरणोप्रान्त सम्मान गरिएको छ ।कार्यक्रममा प्रदेश प्रमुख प्रा।डा। गोविन्दबहादुर तुम्बाहाङ, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा।डा। घनश्यामलाल दासको उपस्थिती रहेको थियो ।

पढेको क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन
राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले पढेको विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज अभिनन्दन गरिएको छ ।पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच्च पदको नेतृत्व गर्न सफल भएकोमा उनलाई क्याम्पसकातर्फबाट अभिनन्द गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताउनुभयो । राष्ट्रपतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरियो ।राष्ट्रपति भण्डारीले २०३९ साल देखि २०४१ सालसम्म उक्त क्याम्पसमा मानविकी संकाय अन्तर्गत स्नातक तहको अध्यन गरेकी थिइन । अध्ययनका क्रममा उनी २०४० साल बैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन ।अभिनन्दनका लागि क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २०१ सदस्यीय मूल समिति र विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको थियो । आफू पढेको क्याम्पसमा अभिनन्दन गरिएपछि राष्ट्रपति भण्डारीले आभार व्यक्त गरिन् । उहाँले आधुनिक शिक्षा प्रणाली मुलुक विकासको मूल आधार रहेको बताइन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्वको शैक्षिक विकासको धरोहर भएको भण्डारीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here