Tune to BFM 91.2|Biratnagar

अनुसन्धान तथा तालिम केन्द्र बनाउनु पर्ने माग

विराटनगर १६ जेठ । प्रदेश नं. १ मा इन्जिनियरिङ अनुसन्धान तथा तालिम केन्द्र बनाउनु पर्ने आवाज उठेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको पूर्व अवसर पारेर प्रगतिशिल बिचारधारा राख्ने ईन्जिनियरिङ्ग पेशाकर्मीहरुको संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) प्रदेश १ को समितिले प्रदेश १ का मुख्यमन्त्री सेरधन राई समक्ष सो माग प्रस्तुत गरेको छ ।

ईन्जिनियरिङ्ग पेशा र व्यवसाय गर्ने सम्पूर्ण जनशक्तिको क्षमता विकास गर्न तथा दक्ष एवं विशेषज्ञ प्राविधिक जनशक्ति प्रदेश भित्र नै निर्माण गरि प्रदेश एकको समग्र विकासको लागी आवश्यक जनशक्ति उत्पादनका लागि प्रदेश १ मा प्राविधिक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र स्थापनाका लागी अबधारणा पत्र सहित माग प्रस्तुत गरेको हो ।

गुणस्तरिय पुर्वाधार विकासका लागी आवश्यक जनशक्ति प्रदेश भित्र नै तयार गर्न, स्वदेशी प्रविधी र ज्ञान सिपको समय सापेक्ष खोज, अन्वेषण, विकास र प्रयोग गर्न, प्रदेश भित्र उपलब्ध श्रोत साधन र आवश्यकताको आधारमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्राप्त सूचना, ज्ञान सिप र प्रविधीको उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न प्रस्तावित प्राविधीक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने उक्त संगठनका प्रदेश समितिका उपाध्यक्ष ई. प्रदीप नेपालले बताउनुभयो ।

पिन प्रदेश १ एकका अध्यक्ष ई. दीपक पौडेलले एक कार्यक्रमका बिच उक्त आवधारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा आगामी बर्षको नीति तथा कार्यक्रममा पिनले गरेको प्रस्तावलाई सम्बोधन हुने आस्वासन पाईएको अध्यक्ष पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button