Tune to BFM 91.2|Biratnagar

आगलागी पीडितलाई राहत वितरण

विराटनगर, ७ पुस । नेपाल वैश्य युवा संघ मोरङले विराटनगरका आगलागी पीडितलाई राहत वितरण गरेको छ ।विराटनगर वडा नम्बर १४ र १८ को सीमानामा अवस्थित झटियाहीका राजेश दास र इन्द्रदेवी दासको घरमा शनिबार राति आगलागी भएको थियो ।

आगलागीमा परेर दासका छोरा १४ वर्षीय रविनको मृत्यु भएको थियो । घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । पीडित परिवारलाई संघले नगद ११ हजार र खाद्य सामग्री प्रदान गरेको अध्यक्ष गणेशकुमार साहले जानकारी दिनुभयो ।

अध्यक्ष साहका अनुसार चामल, दाल, नुन, साबुन, सोयाबिन, आलु, प्याज, भुजा, चिउरा, तेल, चाउचाउ, बिस्कुट, आँटा, भुजिया प्रदान गरियो । कार्यक्रममा संघका सल्लाहकार एवं कांग्रेसका युवा नेता राजेश गुप्ताले पनि नगद ११ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा संघका सल्लाहकार शिवनारायण गुप्ता, सियाराम रौनियार, पवनकुमार साह, सन्तोष साह, उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेमनाथ गुप्ता, सहकोषाध्यक्ष अमृतकुमार साहसहितको सहयोगमा राहत उपलब्ध गराइएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button