मानव बेचबिखन सम्बन्धि जनचेतना फैलाउन जरुरी
विराटनगर ९ पुस । मानव बेचबिचन तथा ओसारपसार विरुद्ध सरोकारवालाहरुको भुमिका बिषयक अन्तर संवाद कार्यक्रम आज सुनसरीको इनरुवामा सम्पन्न भएको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले मानव बेचबिखन सम्बन्धि जनचेतना फैलाउन सके मानव बेचबिखनका घटनामा न्युनीकरण आउने बताउनुभयो । उहाँले विद्यालय तहमा मानव बेचबिखन सम्बन्धि पाठ्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।
सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बालबालिकाहरु आफन्तबाटै पनि वेचविखनमा पर्ने गरेको पाईएको बताउनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधि, जनप्रतिनिधि संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।