Tune to BFM 91.2|Biratnagar

ज्येष्ठ नागरिकहरुलाई कम्बल हस्तान्तरण

विराटनगर, २९ पुस । विशाल गुरुप फाउण्डेशनको सहयोगमा मानवअधिकार शान्ति समाज मोरङले मोरङको कटहरी–७ तकीयाटोलका ज्येष्ठ नागरिकहरुलाई कम्बल हस्तान्तरण गरेको छ ।

तकीयाटोलमै पुगेर विशाल गुरुप फाउण्डेशनको सहयोगमा मानवअधिकार शान्ति समाज मोरङले स्थानीयलाई ३ सय थान कम्बल आज वितरण गरेको हो । त्यहाका ज्येष्ठ नागरिकहरुलाई जाडोबाट न्यानो राख्ने उद्देश्यले कम्बल वितरण गरिएको मानवअधिकारवादी कृष्ण पहाडीले बताउनुभयो । विशाल गुरुप फाउण्डेशनको सहयोग र संस्थामा आबद्ध सदस्यहरुको सहयोगमा कम्बल हस्तान्तरण गरिएको उहाले जानकारी दिनुभयो ।

संस्थाले विगतमा पनि ज्येष्ठ नागरीकहरुलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो । पहाडीले अतिविपन्न र दलित बालबालिकाहरुका लागि छात्रवृतिको व्यवस्था मिलाउने पनि प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button