.

आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

विराटनगर , २० चैत्र ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।
यो सिजन बेंगलुरुले ३ खेलमा दुई हार ब्यहोरेको छ भने लखनउले २ खेल खेल्दा एकमा जित र अर्काेमा पराजित भएको छ । लखनउ अङ्क तालिकाको छैठौँ र बेंगलुरु नवौँ स्थानमा छ ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्स्ले लगातार तेस्रो हार ब्यहोरेको छ । राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो । पाँच पटकको उपाधि विजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अङ्क छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया