विराटनगर , २० चैत्र ।भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बरोडासँग खेलमा नेपालले टस हारेको छ । गुजरातको वापीमा टस जितेर बरोडाका कप्तानले बलिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
आजको खेलमा नेपालले गएको आइतवार गुजरातसँग खेलको टोलीलाई नै निरन्तरता दिएको छ । त्यो खेल नेपालले ८ विकेटले जितेको थियो । टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।
यस्तो छ नेपाली टोली–
रोहित पौडेल ९कप्तान०, आसिफ शेख ९विकेटकीपर०, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अविनाश बोहरा ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?