फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ ।
फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमरिकी महादेशमा सुरु हुँदैछ ।
आयोजकको संख्यादेखि सहभागी टिम र खेल संख्याको कीर्तिमानमा यस पटकको विश्वकपमा धेरै कुराहरू पहिलो पटक हुँदैछन् । जसले यसलाई अझ विशेष बनाएको छ ।
फिफा विश्वकप २०२६ को सुरु हुने मिति, पूर्ण खेल तालिका, आयोजक राष्ट्रहरू र फाइनल खेलको विस्तृत जानकारी तल प्रस्तुत गरिएको छ ।
विश्वकप २०२६स् मुख्य विवरण र मिति
फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन तीन फरक देशमा फरक तरिकाले आयोजना हुनेछ । विश्वकपको उद्घाटन खेल भने ११ जुनमा मेक्सिकोमा हुनेछ ।
मेक्सिको र दक्षिण अफ्रिका अज्टेका स्टेडियममा मैदान उत्रेपछि नै विश्वकपको महाकुम्भको औपचारिक सुरुवात हुनेछ ।
फुटबलको यस महासंग्राम ३९ दिन चल्नेछ । १९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ । यस पटक विश्वकपमा अहिलेसम्मकै धेरै १०४ खेल हुनेछन् ।
सुरु हुने मितिस् जुन ११, २०२६
फाइनल खेलस् जुलाई १९, २०२६
आयोजक राष्ट्रहरूस् अमेरिका, मेक्सिको र क्यानडा (संयुक्त रूपमा)
कुल सहभागी टोलीस् ४८ ९यसअघि ३२ टोली खेल्दै बएकोमा पहिलो पटक ४८ टोली०
कुल खेल संख्यास् १०४ खेल ९समूह चरणमा ७२ र नकआउट चरणमा ३२०
३ राष्ट्र र १६ सहरस् खेल मैदानहरू
फिफा विश्वकपको इतिहासमै पहिलो पटक फिफा विश्वकप तीनवटा देशमा संयुक्त रूपमा आयोजना हुँदैछ । जसमा अमेरिकाको ११ स्टेडियममा खेल हुनेछ भने मेक्सिकोको ३ र क्यानडाको २ स्टेडियममा खेल हुनेछ ।
अमेरिका ९११ सहर०स् न्यूयोर्करन्यूजर्सी, लस एन्जलस, डलास, एटलान्टा, कान्सास सिटी, ह्युस्टन, मायमी, फिलाडेल्फिया, सिटल, बोस्टन, सान फ्रान्सिस्को
मेक्सिको ९३ सहर०स् मेक्सिको सिटी, ग्वाडलाजारा, मोन्टेरे
क्यानडा ९२ सहर०स् टोरन्टो, भ्यान्कुभर
प्रतियोगिताको नयाँ ढाँचा
यस पटक विश्वकपमा सहभागि टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ । जसले गर्दा ढाँचा पनि केही परिवर्तन गरिएको छ ।
समूह चरणस् ४८ टोलीहरूलाई कुल १२ वटा समूह ९समूह ए देखि एल सम्म० विभाजन गरिएको छ । प्रत्येक समूहमा ४(४ टोलीहरू हुनेछन् ।
नकआउट चरणस् प्रत्येक समूहका शीर्ष दुई टोलीहरू र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ वटा टोलीहरू राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् । यस पटकदेखि नकआउट चरणमा राउण्ड अफ ३२ नयाँ थप गरिएको चरण हो ।
पूर्ण खेल तालिका र मुख्य चरणहरू
३९ दिन लामो यस फुटबल उत्सवको तालिका यसप्रकार छ ।
१। समूह चरण
अवधिस् जुन ११ देखि जुन २७, २०२६ सम्म
उद्घाटन खेलस् जुन ११ मा मेक्सिको सिटीको एस्टेका स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिका बीचको खेलबाट विश्वकपको सुरुवात हुनेछ । क्यानडाको पहिलो खेल जुन १२ मा टोरन्टोमा र अमेरिकाको पहिलो खेल जुन १२ मा लस एन्जलसमा हुनेछ । रोचक तथ्य के छ भने मेक्सिको फिफा विश्वकप तेस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्दैछ । र त्यहाँको ऐतिहासिक एज्टेका स्टेडियम तीनवटा छुट्टा छुट्टै विश्वकप ९१९७०, १९८६ र २०२६० आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ । जुन ११ मा हुने उद्घाटन खेल सोही मैदानमा खेलिनेछ ।
२। राउन्ड अफ ३२
अवधिस् जुन २८ देखि जुलाई ३, २०२६ सम्म
समूह चरणबाट छानिएका ३२ टोलीहरूले नकआउट खेल खेल्नेछन् । समूह चरणको ७४ खेलपछि हरेक समूहका शीर्ष दुई टोली स्वत नकआउट चरणमा पुग्नेछन् भने तेस्रो हुने मध्ये उत्कृष्ट ८ टोली पनि राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।
३। राउन्ड अफ १६
अवधिस् जुलाई ४ देखि जुलाई ७, २०२६ सम्म
राउण्ड अफ ३२ का विजेता उत्कृष्ट १६ टोलीहरूबीच प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ । विजेता टिमहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
४। क्वार्टरफाइनल
अवधिस् जुलाई ९ देखि जुलाई ११, २०२६ सम्म
क्वाटरफाइनल चरणका खेलहरू अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मियामी र बोस्टनमा आयोजना हुनेछन् । क्वाटरफाइनलमा उत्कृष्ट ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका ४ विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
५। सेमिफाइनल
अवधिस् जुलाई १४ र जुलाई १५, २०२६
सेमिफनाइनल खेलहरु अमेरिकनाको डलास र एटलान्टामा सञ्चालन हुनेछ । फाइनल पुग्नका लागि दुई सेमिफाइनल खेल हुनेछ । यसको विजेता उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
६। तेस्रो स्थानको खेल
मितिस् जुलाई १८, २०२६
सेमिफाइनलमा पराजित भएका दुई टोली बीच तेस्रो स्थानका लागि अमेरिकाको मायमीमा प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल
विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित ट्रफीको छिनोफानो जुलाई १९ मा हुनेछ । सेमिफाइनलका दुई विजयी टिमहरु जुलाई १९ मा विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित अरिकाको न्यूयोर्करन्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धामा उत्रनेछन् ।
यस रंगशालाको क्षमता ८२,५०० भन्दा बढी दर्शकहरू बसेर फाइनल खेलको प्रत्यक्ष मजा लिन सक्नेछन् ।
विश्वकप २०२६ किन ऐतिहासिक छ ?
सर्वाधिक टोली र खेलस् ४८ टोली र १०४ खेलहरू हुने भएकाले यो अहिलेसम्मकै सबैभन्दा धेरै खेल र खेलाडी समेटिएको विश्वकप हो ।
नयाँ देशहरूको डेब्युस् प्रतियोगिता ठूलो भएकाले केही नयाँ देशहरू जस्तै– कुराकाओ, उज्बेकिस्तान, जोर्डन र केप भर्डले पहिलो पटक फिफा विश्वकपको मञ्चमा डेब्यु गर्दै इतिहास रच्दैछन् ।
साविक विजेता लियोनेल मेस्सीको कप्तानीमा सन् २०२२ को कतार विश्वकप जितेको अर्जेन्टिना यस पटक आफ्नो उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रनेछ ।