.

चालु आर्थिक वर्षको लागि आज अन्तिम दिन ,आज कुनै पनि सरकारी भुक्तानी नहुने, चालु वर्षको खर्च १४ खर्ब २८ अर्ब पुग्यो

विराटनगर,३१ असार ।चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी गर्नुपर्ने समय सकिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो ।

संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आज कुनै पनि भुक्तानी गर्न नपाउने भएको हा े। चालु आर्थिक वर्षको लागि आइतबार (आज) अन्तिम दिन हो ।

आज भुक्तानी नहुने भएपछि हिजो  शनिबार नै भुक्तानी दायित्व सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ ।

यो सँगै चालु वर्षको लागि नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी हा । चालु वर्षको लागि विनियोजन गरिएको रकमको तुलनामा ७९ प्रतिशत खर्च भएको छ ।  यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ ।

 त्यस्तै गत वर्ष भएको चालु खर्चको तुलनामा ५२ अर्ब रूपैयाँले बढेको छ । पुँजीगत खर्च भने विनियोजन गरिएको रकमको तुलनामा ६१ प्रतिशत मात्रै भएको छ । ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३२ अर्ब रूपैयाँ खर्च भएको छ ।

गत वर्षको तुलनामा भने पुँजीगत खर्च १६ अर्ब रूपैयाँले बढेको छ । महालेखाका अधिकारीहरुका अनुसार हिसाव मिलानको क्रममा आज खर्चको केही रकम घटबढ हुन सक्ने छ ।  सरकारले गरेको जम्मा खर्चमध्ये असार महिनामा मात्रै १७ प्रतिशत खर्च गरेको छ । त्यस्तै जम्मा पुँजीगत खर्चमध्ये ३४ प्रतिशत असारमा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया