विराटनगर,१ साउन ।आजदेखि नयाँ आर्थिक वर्ष २०८०र८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिबाट यी विधेयक प्रमाणीकरणपछि आजदेखि नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्न बाटो खुलेको छ ।
संवैधानिक व्यवस्था अनुसार सरकारले गएको जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकोमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।