.

हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

विराटनगर ।  सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सिमकोटका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएका र त्यसको गाउँपालिका स्तरबाट अनुगमनपछि निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप लगाउन छुटेको नभेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।


घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका आठ वटै वडामा पाँच सय ५५ जना रहेका छन् । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा आठ वटै वडाका स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
tLeqYnAnxNRgcb

JmjmHuUuWos

tLeqYnAnxNRgcb

JmjmHuUuWos

CqMiNAGZCjlE

SbRIVceLg

CqMiNAGZCjlE

SbRIVceLg