.

मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईंको पक्षमा सर्वाेच्चको फैसला

विराटनगर , १३ चैत्र झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वाेच्च अदालतको फैसला जारी भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वाेच्चबाट रिट जारी भएको हो । 
मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएर दुईवटा रिट दायर गरेका थिए। 
सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले फैसला जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया