विराटनगर , १४ बैशाख ।नेपाल प्रहरीले शनिवार १५ गते हुने उपचुनावको सुरक्षा तयारी पूरा भएको जनाएको छ । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभा बझाङ–१ ९क० मा हुने उपचुनावको सबै सुरक्षा तयारी पूरा भएको हो ।
नेपाल प्रहरीले काठमाण्डौमा पत्रकार सम्मेलन गरी उपचुनाव हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएको छ । चुनाव हुनुअघिको, मतदानको दिनको र मतदान भइसकेपछिको आवश्यक सुरक्षालाई अलग–अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्थापन मिलाएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार उपचुनाव हुने क्षेत्रमा दुई हजार तीन सय ८७ जना प्रहरी कर्मचारी खटिँदै छन् ।
चुनावका लागि गए रातिदेखि नै मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आयोगले आचारसंहितको पालना गर्नरगराउन सम्बन्धित सबै सरोकार पक्षलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?