विराटनगर । काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
धुलिखेल अस्पतालमा ुइन्टर्नशिपु गर्न आएका इटाली र जर्मनीका नागरिकको सामान लुटेको आरोपमा नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरू लुटिएका सामानसहित गएराति पक्राउ परेका र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।