विराटनगर । विराटनगरमा गीत गजलका सञ्चालक शनिबार बिहान मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका–१२ का ३८ वर्षीय भीम राई मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । राई विराटनगर–१० सोमबारेमा रहेको ‘रेड स्टार’ गीत गजलका सञ्चालक रहेको उनले बताए ।
जोशीका अनुसार शुक्रबार राति गीत गजलमै सुतेका राई शनिबार बिहान ८ः३० बजेतिर अचेत अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा फेला पारेर गीत गजलकै कर्मचारीले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अस्पताल पुर्याउनसाथ बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
घटनाको अनुसन्धान गर्नका लागि र थप कुरा बुझ्नलाई वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर राजेश दत्त नेतृत्वको टोली परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईलाई उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पत्ता लागेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।
FNwHvJvXlyX
EfokAuMHks
FNwHvJvXlyX
EfokAuMHks
dsSvtGIzRP
cnuEtrYEZ
dsSvtGIzRP
cnuEtrYEZ