विराटनगर । तामाङ समुदायले सोनाम ल्होछार पर्व २८६१(डुल ल्हो) मनाएका छन् । विविध कार्यक्रम गरी आज पर्व मनाएका हुन् ।
पर्वको अवसरमा आज बिहान तामाङ सामुदायले विराटनगरमा र्याली निकालेका थिए ।
विराटनगरको महेन्द्र चौकबाट निकालेको र्यालीले ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक, देवकोटा चौक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नेपाल तामाङ घेदुङ विराटनगर महानगर समितिले निकालेको र्यालीमा तामाङ समुदायका व्यक्तिहरु जातीय पहिरनमा सजिएका थिए । र्यालीपछि आयोजित कार्यक्रममा तामाङ घेदुङ समुदायको भाषा, संस्कृति र लिपी संरक्षणमा राज्यले चासो नदिएको नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य शान्ता मोक्ताङले बताउनु भयो ।
कार्यक्रम नेपाल तामाङ घेदुङ विराटनगर महानगर समितिका अध्यक्ष बिष्णुकुमारी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।