.

बिराटनगरमा जलमग्न घरहरू, ढल व्यवस्थापनमा समस्या

 विराटनगर ।  कोशी प्रदेश सहित बिहानैदेखि देशभर पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने छ ।


कोशी प्रदेशको राजधानी बिराटनगरमा वर्षाले जलमग्न भई स्थानीय बासिन्दाका घरभित्र पानी पसेको छ। बिराटनगर महानगरपालिका वडा नम्बर ६ का स्थानीय दिनेश कामतले अवैज्ञानिक ढल व्यवस्थापन नै समस्याको मुख्य कारण रहेको बताउनुभयो ।


“पहिला बीएफएम चौकदेखि दक्षिण(पूर्व पट्टीको ढलको पानी पश्चिमतर्फबाट बग्दै थियो। हाम्रो घरमा यसरी कहिल्यै पानी पसेको थिएन,” कामतले भन्नु्भयो। “जब त्यो ढल पश्चिमतिर ब्लक गरी यताको निकास दिइयो, त्यसपछि हाम्रो घर जलमग्न भयो। हाम्रा साना(साना नानीबाबुलाई स्कुल जान समेत समस्या भएको छ ।”


उहाँले महानगरले बेलैमा वैज्ञानिक तवरले ढलको पानीलाई निकास दिन सके राम्रो हुने बताउनु भयो ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ। देशका हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम भोलि र पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
InOgvNVN

gzsfneENP

InOgvNVN

gzsfneENP

iHKktzNwEk

gxICWXbwbty

iHKktzNwEk

gxICWXbwbty