.

कोशीमा तस्करी नियन्त्रण गर्न गृहमन्त्रीको ३० दिने अल्टिमेटम

विराटनगर। गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशमा तस्करी नियन्त्रण एक महिना भित्र गर्न नसके अर्को एक्सनमा उत्रिने चेतावनी दिनुभएको छ ।


आज विराटनगरमा नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले भारतसँग सीमा जोडिएका जिल्लाहरुमा  तस्करी मौलाउदै गएको र त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सुरक्षा बललाई तस्करी नियन्त्रण गर्न एकमहिने अल्टिमेटम दिनुभएको छ।


साथै गृहमन्त्री लेखकले प्रदेशका १४ जिल्ला कै प्रमुख जिल्ला अधिकारीहरुलाई जनताले महसुस गर्ने गरी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभएको छ ।


सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखक सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी , नेपाल प्रहरीका प्रमुख दिपक थापा लगायत १४ जिल्लाका सिडिओ र बिभिन्न सुरक्षा निकायका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
PcLxSzlNkSgSLx

aPzhdTrouwEiQVI

PcLxSzlNkSgSLx

aPzhdTrouwEiQVI