.

जाँचबुझ आयोगमा आजदेखि प्रहरी प्रमुखहरुसँग बयान लिने तयारी

जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले बयान लिने कार्यलाई तीव्र पारेको छ।

आयोगले अब दुई प्रमुख प्रहरी संगठनका प्रमुखहरूसँग बयान लिने तयारी गरेको छ। आयोगसम्बद्ध स्रोतका अनुसार, आयोगले आज (मंगलबार) देखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालसँग बयान लिँदैछ।

त्यसलगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि बोलाउने तयारी छ।

नेपाल प्रहरीका आईजीपी कार्कीलाई भने आयोगले प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको छ।

आयोगले यसअघि नै अघिल्लो साता काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान सम्पन्न गरिसकेको छ भने तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन्।

थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरू बाँकी रहेकाले आयोगको समयावधि थप्नुपर्ने निश्चितजस्तै भएको बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया