.

गोवा आगलागीका मृतक ५ नेपालीको शव परिवारलाई हस्तान्तरण

भारतको गोवामा भएको आगलागीमा परी ज्यान गुमाएका ५ जना नेपालीको शव परिवारलाई हस्तान्तरण गरिएको छ। दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृत्यु भएका पाँचमध्ये ४ जनाको शव मङ्गलबार र बुधबार गरेर नेपाल ल्याइएको थियो।

दूतावासका नायब प्रमुख सुरेन्द्रबहादुर थापाका अनुसार १ जना मृतकको शव भने परिवारका सदस्यले भारतमै बुझेर हरिद्वारमा अन्त्येष्टि गरिसकेका छन्।

आगलागीमा दाङ, घोराहीका चूर्णबहादुर पुन, सिन्धुली, दुधौलीका लीलबहादुर कटवाल (विवेक क्षेत्री), झापाका सविन विश्वकर्मा, डडेलधुराका मनोज झोरा र टिकाराम विक को मृत्यु भएको थियो।

सिन्धुली दुधौलीका विवेक क्षेत्री रोजगारीको सिलसिलामा विगत ५ वर्षदेखि गोवाको सोही नाइटक्लबमा काम गर्दै आएका थिए। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया