.

विराटनगरबाट सुरु भयो लागुऔषध विरुद्धको महाअभियान

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विराटनगरबाट ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ आज देखि सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आज आइतबार बिहान विराटनगरमा वृहत प्रभातफेरी निकालिएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान परिक्रमा गर्दै शहिद रंगशालामा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सामाजिक संघसंस्था, स्कुल तथा कलेजका विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले लागुऔषध नियन्त्रणका लागि सबै नागरिक आ–आफ्नो ठाउँबाट सचेत र सक्रिय हुनुपर्ने बताएका छन् ।

उनले लागुऔषध दुव्र्यसन अहिले समाजकै गम्भीर चुनौतीको रूपमा देखिएको भन्दै यसको नियन्त्रणमा राज्य संयन्त्र मात्र नभई अभिभावक, शिक्षक, युवावर्ग र समुदायको समान भूमिका आवश्यक रहेको बताए ।

महानिरीक्षक कार्कीले युवापुस्तालाई दुव्र्यसनबाट जोगाउन सबैले आजैदेखि प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले लागुऔषध विरुद्ध सचेतनामूलक नारासहित र्याली प्रदर्शन गरेका थिए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया