विराटनगर । ललितपुरमा वर्षाजन्य विपद्मा परी ज्यान गुमाएका थप ६ जनाको शव फेला परेको छ । विपद्पछिको खोज तथा उद्धारका क्रममा हिजो ३४ जनाको र आज बिहानसम्म ६ जना गरी अहिलेसम्म ललितपुरमा ४० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
फेला परेका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् ।