.

गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री

विराटनगर , ४ मंसिर । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमवार अरब तथा मुस्लिम बहुल राष्ट्रका कुटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।

हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ ।

इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । 


इजराइलको लगातारको हवाई हमला र स्थल कारबाहीमा कम्तीमा १३ हजार जना मारिएका गाजामा रहेको हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा धेरैजसो सर्वसाधारण छन् । 


चीनले आइतवार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न छन् ।

बेइजिङले अहिलेको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवद्र्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया