.

रुकुमपश्चिम र जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट र रुकुम पश्चिममा गएको कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारी शुरु गरिएको छ । 


भूकम्पले क्षति पुर्याएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन शुरु हुन लागेको हो । 


रुकुम पश्चिम र जाजरकोटमा अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ शुरु गर्न लागिएको हो । 


ती जिल्लाका केही पालिकाका विद्यालयमा भोलि मङ्गलवार भोलिदेखि नै पठनपाठन शुरु हुने भएको छ भने केही पालिकाका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।


कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार  जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलवारदेखि नै पठनपाठन शुरु हुने भएको छ । जाजरकोटको यस नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो ।


नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ ।


नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिनुभयो ।


विद्यालयका प्रधानाध्यापकले विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया