.

अर्थतन्त्र सुधार गर्ने विषयमा प्रधानमन्त्रीको बैठक

विराटनगर , ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आज अर्थतन्त्र सुधारका विषयमा छलफल गर्न बैंठक बोलाउनु भएको छ ।


अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको बैंठक आज बस्दैछ ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आजको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो ।


बैठक दिउँसो साढे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया