.

अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

विराटनगर , २३ माघ । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित पारित भएको हो।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझावसहित प्रतिनिधिसभामा पेस भएको उक्त विधेयकमा आएको सुझावहरूलाई समेत समेटेर परिमार्जनसहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चार वर्षअघि उक्त विधेयक ल्याएको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया