.

वीरगन्जमा आज राति १० बजेसम्मका लागि कफ्र्यु हट्यो

विराटनगर , ९ फाल्गुन । वीरगन्जमा सोमबारदेखि लगाइएको कफ्र्यु बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कफ्र्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो।
वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि सोमबार साँझदेखि जारी गरिएको कफ्र्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कफ्र्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुनः कफ्र्युलाई यथावत राख्ने निर्णय गरेको थियो । तर, बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु हटाउने निर्णय गरेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया