विराटनगर । माेरङकाे उर्लावारी-७ स्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आगलागी हुँदा आइतबार राति दर्जनौं बढि घाइते भएका छन् । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित दर्जनौं स्थानीय घाइते भएका हुन् ।स्थानीयका अनुसार घाइतेहरूमध्ये ९ जनाको विराटनगर, २ जनाको गोदावारी, १ जनाको अरनिको अस्पताल र करिब १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै एम्बुलेन्स चालक नविन थापा पनि घाइते भएका छन् ।सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेकार सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि सल्किँदा घाइते भएका थिए । केहीको अवस्था गम्भीर र केही सामान्य घाइते भएका छन् ।घाइतेहरूमध्ये उद्योग वाणिज्य संघ उर्लावारीका पूर्व वरिष्ठ उपाध्यक्ष तारमान सेरिङ लिम्बू, स्थानीय शिवराज विकलगायतका युवाहरू घाइते भएका छन् । घटनाबारे विस्तृत विवरण आउन समस्य लाग्ने माेरङ प्रहरिले जनाएको छ ।आगो लागेको करिब ३ घन्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।घट्नास्थलमा उद्धारकर्मी एवं सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । उर्लावारी प्रहरीका चार जना प्रहरीहरू पनि घाइते भएका छन् ।